Section 3
न्यूनतम मापदण्डको रुपमा रहने
(१) यो ऐन श्रमिक र श्रमिकसँग सम्बन्धित विषयमा न्यूनतम्
मापदण्डको रुपमा रहनेछ ।
(२) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित पारिश्रमिक वा
सुविधाभन्दा कम पारिश्रमिक वा सुविधा लिने दिने गरी वा यस ऐनमा उल्लिखित शर्त विपरीत
हुने गरी रोजगारदाता तथा श्रमिकबीच रोजगार सम्झौता भएको रहेछ भने त्यस्तो रोजगार
सम्झौता यो ऐन विपरीत भएको मानिनेछ र सो हदसम्म त्यस्तो रोजगार सम्झौेता बदर
हुनेछ ।